काठमाडौं । पूर्व गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा ‘बादल’ भाइ नरेश थापा जेलबाट छुटेका छन् ।
आपराधिक गिरोहमा संलग्न रही हत्याको आरोपमा पक्राउ परेका बादलका सहोदर साहिँला भाई नरेश आफ्नो जेल जीवन पूरा गरेर सोमबार जेलमुक्त भएका हुन् ।
२०७६ माग २७ गते उच्च अदालतले नरेशलाई १ वर्ष ६ महिना थुनामा राख्न आदेश दिएको थियो ।
अदालतले तोकेको सजाय पूरा गरी आज थापा रिहा भएका हुन् ।
नरेशमाथि निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेतसँग मिलेर आपराधिक गिरोह सञ्चालन गरेको आरोप रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया