अब गुगलको डिजिटल मार्केटिङ कोर्ष निःशुल्क, कसरी सिक्ने ?

लोकपथ
39
Shares

काठमाडौं । इन्टरनेटको युग भनेर अहिलेको जमानामा अनेक काम अनलाइनबाटै हुन्छन् । त्यस्तै ज्ञान सीप सिकाइसँगै सर्टिफिकेट समेत लिनेसम्मका सेवा सुविधा अनलाइनमै उपलब्ध छन् ।

गुगलले डिजिटल मार्केटिङको सीप सिकाउन कोर्ष सहितको छुट्टै वेबसाइट ‘गुगल डिजिटल ग्यारेज’सञ्चालन गर्दै आएको छ । यो वेबसाइटमार्फत तपाईंले डिजिटल मार्केटिङसम्बन्धी सीप सिक्न सक्नुहुन्छ । साथै यसबाट निःशुल्क रुपमा सर्टिफिकेट समेत प्राप्त हुन्छ ।

कसरी सिक्ने ?

गुगलको डिजिटल मार्केटिङ कोर्ष अध्ययन गर्नका लागि सुरुमा यहाँ क्लिक https://learndigital.withgoogle.com/digitalgarage गर्नुहोस् र माथि दायाँतर्फ रहेको रजिष्टर बटनमा क्लिक गर्नुहोस् । यदि तपाईंसँग जिमेल अकाउन्ट छ भने त्यसभित्र माथितिर सुरुमा आउने ‘रजिस्टर विथ गुगल’ मा क्लिक गर्नुहोस् अथवा त्यसको तल ईमेल आईडी र पासवर्ड राखेर कन्टिन्यु बटनमा थिच्नुहोस् ।

जब त्यहाँ तपाईंले डिजिटल मार्केटिङसँगै क्यारियर डेभलपमेन्ट र डेटा एन्ड टेक सम्बन्धी थुप्रै कोर्षहरू देख्न सक्नुहुनेछ । यदि तपाईं भर्खरै डिजिटल मार्केटिङको विषयमा प्रवेश गर्दै हुनुहुन्छ भने यसको आधारभूत कोर्षबाट सुरु गर्न सक्नुहुन्छ ।

त्यसका लागि ‘फन्डामेन्टल्स अफ डिजिटल मार्केटिङ’लाई रोज्नुहोस् र कोर्षको अध्ययन अगाडि बढाउनुहोस् । ४० घण्टाको यो कोर्षमा कूल २६ ओटा मोड्युल दिइएका छन् ।

जसको अध्ययन पुरा भएसँगै त्यसको शर्टिफिकेट समेत अनलाइनमै निःशुल्क पाउनु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?