उद्योग वाणिज्य संघको अध्यक्षमा खत्री निर्वाचित

जाजरकोट, २३ असोज ।खत्रीले काँग्रेस र माओवादी (केन्द्र)का साझा उम्मेदवार भद्रबहादुर वलीलाई ८३ मत अन्तरले पछि पार्दै विजयी बनेका हुन । खत्रीको पक्षमा ३६७ मत परेको थियो भने वलीले २८४ मत प्राप्त गरे ।वरिष्ठ उपाध्यक्षमा पनि कर्णकै प्यानलका शिवविक्रम हमाल विजयी बनेका छन ।त्यस्तै उपाध्यक्षमा नरबहादुर थापा विजयी बने ।महासचिवमा ईश्वरीबहादुर खत्री ,सचिवमा अमरबहादुर शाही, कोषाध्यक्षमा मोहन खड्का विजयी भए ।त्यसैगरी खुल्ला सदस्यमा चक्रबहादुर थापा , मंगले बुढाथोकी , खिमबहादुर शाही र विष्णु वली विजयी भएका छन ।जनजाति सदस्यमा गणेशबहादुर थापा , महिला सदस्यमा बन्दना पुन , धनमाया खड्का र दलित सदस्यमा गणेशबहादुर कामी विजयी भएको उद्योग वाणिज्य संघ जाजरकोटले जनाएको छ ।अपांग सदस्यमा यसअघिनै काँग्रेस(माओवादी केन्द्र गठबन्धनका भीमबहादुर खत्री निर्विरोध निर्वाचित भएका छन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?