प्रदूषित हावा र सूर्यको विकिरणले सौन्दर्यमा पुर्याउने असर

प्रदूषित हावा तथा सूर्यको हानिकारक विकिरणले छालाको सौन्दर्यमा असर पुर्याउनुका साथै छालामा उमेरको प्रभाव देखापर्न थाल्छ । त्यसैले राति छाला रिपेयरिङ गर्नु आवश्यक हुन्छ । जसले गर्दा अनुहारमा चमक आउनुका साथै ताजा देखिन्छ । दिनहुँ छालालाई सुरक्षित राख्ने विभिन्न उपायहरु अपनाउन सकिन्छ ।न्यू सनस्किनः सनस्किन लगाएर छालालाई सुरक्षा कवच पर्हियाउने भन्दा ठूलो अरु उपाय कुनै हुँदैन । पहिले धेरै चिपचिपे तथा अनुहारमा सेतो लेयर जमाउने तैलीय सनस्किन उपलब्ध हुन्थे । हिजोआज बजारमा फरक–फरक सनस्किन हर्बल क्रिम उपलब्ध छन् । सुख्खा छालाका लागि अलग तथा संवेदनशील छालाका लागि अलग मिनरल्स मिल्क वेस, एलोबेरा एवं चन्दनयुक्त सनस्किन प्रयोग गर्नु उपयुक्त हुन्छन् ।निन्द्र कम भएमा स्वास्थ्य मात्र नभइ छाला पनि प्रभावित हुन्छ । आँखामुनि डार्क सर्कल, छालामा र्यासेज, डिहाइड्रेसन तथा तौल बढी भएसँगै रोगप्रतिरोधक क्षमता समेत कम हुन्छ ।

  • जवान र सुन्दर देखिन कम्तिमा पनि ७ देखि ९ घन्टा सुत्नुपर्छ । त्यसपछि अनुहारबाट मसिना रेखा हट्छन् । छाला कोमल हुन्छ र त्यसको चमक बढ्छ ।
  • कफी धेरै खादा छाला प्रभाव पर्छ । कफीको प्रभाव ६ घन्टासम्म रहन्छ । त्यसैले दिउँसो तीन बजेपछि कफी पिउनु हुँदैन । यसबाट राति ढिलो गरी निद्रा आउँछ वा कम निद्रा लाग्छ ।
  • कोठाको उज्यालोको एडजस्टमेन्ट सही हुनुपर्छ । नाइट बल्वको उज्यालोबाट पनि आँखालाई डिस्टर्ब हुन्छ । त्यसैले कोठा अँध्यारो पारेर सुत्नुपर्छ ।
  • घरपालुवा जनावरलाई आफूसँगै कोठामा सुताउनु हुँदैन । यसबाट पनि निद्रा प्रभावित हुन्छ ।
  • आफ्नो बेडमा इलेक्ट्रोनिक सामानहरु राख्नुहुँदैन । राति सुत्नुभन्दा पहिले त्यसको प्रयोग गर्नुहुँदैन । यसबाट निद्रा लाग्न समय लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?