भिनिसियसको गोलमा हारबाट जोगियो रियल मड्रिड

काठमाडौं। स्पेनिश ला-लिगाअन्तर्गत रियल मड्रिड र लेभान्टेले ३-३ गोलको रोमाञ्चक बराबरी खेल खेलेका छन्।

लेभान्टेको घरेलु मैदानमा आईतवार राति खेलिएको खेलमा रियल मड्रिडले अग्रता लिएको थियो। पहिलो हाफको सुरुवाती ५ मिनेटमै कप्तान करिम बेन्जेमाको पासमा ग्यारेथ बेलले गोल गरेका थिए।

Levante vs Real Madrid: Levante vs Real Madrid LIVE - Latest Match Updates  - LaLiga 21/22 | Marca

पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोलीले दोस्रो हाफमा शानदार पुनरागमन गरेको थियो। दोस्रो हाफको ४६औं मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई बराबरीमा लगेका थिए।

त्यसपछि खेलको ५७औं मिनेटमा जोसे काम्पानाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेका रियलका फरवार्ड भिनिसियसले रियललाई बराबरीमा पुर्याए।

AS English - Sport News in English from AS.com

खेलको ७३औं मिनेटमा भिनिसियसले गरेको बराबरी गोललाई लेभान्टेका रोबरले ७९औं मिनेटमा खारेज गरिदिए। र एक पटक फेरी घरेलु टोलीले खेलमा अग्रता लिन सफल भयो।

यद्यपि रियलले शानदार पुनरागमन गर्न सफल भयो। खेलको ८५औं मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा रियलको तेस्रो गोल गर्दै खेललाई बराबरीमा लगे।यस बराबरीसँगै रियलले दुई खेलमा एक जित तथा एक बराबरी खेलेको छ। खेलमा रियलका नयाँ कप्तान करिम बेन्जेमाले दुई अस्सिस्ट प्रदान गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?