राहतका पर्खाइमा गोबरगाढाका बाढीपीडित

लोकपथ
35
Shares

राजविराज । लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका – १३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् ।

कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद, रामस्वरुप, हरिबोध, रामानन्द, कुशेश्वर, भुवनेश्वर, सन्तोश, महेन्द्र यादवलगायतका घर जलमग्न भएको थियो ।

अझै घर आँगनमा दुई/तीन फिटसम्म बाढी रहेकाले खाना पकाउन समस्या भइरहेको जनाइएको छ । स्थानीयवासी सीताराम यादवले भने “ खाद्यान्न पनि सकिन लाग्यो । के खाएर छाक टार्ने ?” प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले खाद्यान्न लगायत राहत वितरणका लागि स्थानीय तहसँग समन्वय भइरहेको जानकारीदिँदै आवश्यकताअनुसार शीघ्र राहत वितरण गरिने जानकारी दिए ।

बिग्रियो पीसीआर मेसिन

तीनहप्तादेखि ठप्प रहेकोे राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीसीआर परीक्षण अझै सुरुआत हुन सकेको छैन । गत साउनको दोस्रो हप्तादेखि सो पीसीआर मेसिनमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको छ ।
कोभिड–१९ को तेस्रो लहरको जोखिम बढिरहेको बेला अस्पतालमा पीसीआर परीक्षण नै रोकिएपछि बिरामीलाई समस्या भएको छ ।

अस्पतालका डा रणजीतकुमार झाले उपकरणमा प्राविधिक समस्या देखिएपछि परीक्षण रोकिएको जानकारीदिँदै मरमतको प्रयास भइरहेको जानकारी दिए । उनले प्रदेश २ का स्वास्थ्य निर्देशनालय र केन्द्रीय जनस्वास्थ्य प्रयोगशालालाई जानकारी गराएको बताए ।

मलेसियामा कोरोनाबाट नेपालीको मृत्यु

कोभिड–१९ सङ्क्रमणबाट मलेसियामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलाठी कोइलाडी गाउँपालिका–८ तोपाका ४० वर्षीय शिवचन्द्र खंग छन् । मलेसियाको साहआलम सहरमा सेक्युरिटी गार्डमा कार्यरत उनी दुई हप्ताअघि सङ्क्रमति भएका बताइएको छ ।

उपचारका क्रममा खंगको आज मृत्यु भएको तिलाठी कोइलाडी – ८ तोपाका कौशलकुमार यादवले जानकारी दिए । उनका अनुसार खंग चारवर्ष अगाडि रोजगारीका लागि त्यहाँ पुगेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?