ग्नाब्री चम्किँदा बायर्नको रोमाञ्चक जित

काठमाडौं। जर्मन बुन्डेस लिगाअन्तर्गत आईतवार खेलिएको खेलमा साविक विजेता बायर्न म्युनिखले एफसी कोनलाई ३-२ गोलले पराजित गरेको छ।

बायर्नको घरेलु मैदान एलियान्ज एरेनामा २० हजार दर्शकबीच खेलिएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा अन्त्य भएको थियो। दोस्रो हाफमा प्रतिस्थापन भएर मैदान प्रवेश गरेका जमाल मुसियालाको पासमा बायर्नका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

weltfussball.de

खेलको ५९औं मिनेटमा बायर्नले अग्रता दोब्बर बनाउन सफल भयो। बायर्नका विंगर सर्ज ग्नाब्रीको गोल मार्फत बायर्नको अग्रता दोब्बर भएको थियो।

तर एफसी कोनले खेलमा शानदार पुनरागमन गरेको थियो। दुई गोलले पछि परेको पाहुना टोलीले दुई मिनेटमा दुई गोल गर्न सफल भयो। खेलको ६०औं तथा ६२औं मिनेटमा क्रमशः एन्थोनी मोडस्टे तथा मार्क उथले गोल गर्दै कोनलाई बराबरीमा लगेका थिए।

Fußball-Bundesliga 21/22: FC Bayern München schlägt 1. FC Köln mit 3:2

यद्यपि खेलको ७१औं मिनेटमा बायर्नले पुनः अग्रता लिन सफल भयो। मिडफिल्डर जोशुवा किमीकको पासमा सर्ज ग्नाब्रीले व्यक्तिगत दोस्रो तथा खेलमा निर्णायक गोल गर्दै बायर्नको जित सुनिश्चित गरेका थिए।

यस जितसँगै बायर्नले नयाँ सिजनमा पहिलो तीन अंक प्राप्त गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?