इनरुवा । केही दिन अगाडि हात्तीको आक्रमणबाट मृत्यु भएको कोशी गाउँपालिका–४ का रामु खङगको परिवारलाई २५ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराइएको छ ।
गाउँपालिकाका अध्यक्ष अयुव अंसारीले पीडित परिवारको घरमै गएर आज नगद हस्तान्त्रण गरेका हुन् । जङ्गली जनावरको आक्रमणबाट मानवीय क्षति भएका परिवारलाई गाउँपालिकाबाट नगद दिने निर्णयअनुसार रकम हस्तान्तरण गरिएको हो ।
कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जङ्गली हात्तीको आक्रमणबाट खङगको आफ्नै घर अगाडि मृत्यु भएको थियो । पछिल्लो समय आरक्षणबाट निस्कने हात्तीले दैनिक रूपमा वितण्डा गर्दै आएको छ । जङ्गली जनावर नियन्त्रण गर्नुपर्ने माग गर्दै स्थानीय समुदायले पटकपटक आन्दोलन गर्दै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया