प्रदेश १ मा ५३४ सङ्क्रमित थपिए

लोकपथ
52
Shares

विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ५३४ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

जसमा एक हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३७० र ७३६ जनाको एन्टिजेन परीक्षण गर्दा १६४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा एक सय ४३, मोरङमा ११२ मध्ये विराटनगरमा ४२, सुनसरीमा ९३, इलाममा सात, पाँचथरमा तीन, सङ्खुवासभामा दुई, तेह्रथुम, ताप्लेजुङ, धनकुटा र भोजपुरमा एक–एक र प्रदेशबाहिरका छजनामा सङ्क्रमण देखिएको हो ।

सो अवधिमा प्रदेशमा आजै ३६२ जना कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । सङ्क्रमण मुक्त हुनेमा १५७ महिला र २०५ पुरुष छन् । यसै अवधिमा तीन महिलासहित छजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?