काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकले प्रदेश कमिटीमा रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्जहरू तोकेको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले प्रदेशका इन्चार्ज र पदाधिकारी तोकेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
दुई दिन बसेको बैठकले विभिन्न प्रदेशका रिक्त पदाधिकारी, जिल्ला इन्चार्ज र पार्टीका विभाग प्रमुख तोक्ने निर्णय भएको उनले बताए । केन्द्रीय प्रतिनिधि नभएका कतिपय जिल्लामा केन्द्रीय सदस्यलाई इन्चार्जको जिम्मेवारी दिइएको प्रवक्ता श्रेष्ठले बताए ।
माओवादीले राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर काम अगाडि बढेको जानकारी दिए । प्रदेश १ मा भने पछि जिम्मेवारी दिइने गरी हाललाई ६ वटा प्रदेशमा जिम्मेवारी बाँडफाँट गरिएको छ ।
प्रदेश २ : गणेश साह
वागमती : हितमान शाक्य
गण्डकी : हितराज पाण्डे
लुम्बिनी : चक्रपाणी खनाल
कर्णाली : शक्तिबहादुर बस्नेत
सुदूरपश्चिम : खगराज भट्ट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया