१४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ

लोकपथ
98
Shares

मोरङ । मोरङमा १४ वर्षीया छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । छोरी बलात्कार गरेको आरोपमा बेलबारी–११ का ५१ वर्षीय पूर्वजम्दार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले १४ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै प्रहरीमा किटानी जाहेरी परेपछि पूर्वजम्दारलाई पक्राउ गरिएको हो ।

पूर्वजम्दारले गतवर्ष माघ २० गते राति घरमै डर देखाउँदै छोरीलाई बलात्कार गरेका हुन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?