एमालेद्वारा सभामुखको राजीनामा माग

लोकपथ
469
Shares

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीको राजीनामा मागेको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्यद्वय विमला कुमारी खत्री वली र अजय शाहीमाथि पार्टीले गरेको कारबाहीलाई प्रदेशसभाले मान्यता नदिएको भन्दै एमालेले सभामुख घर्तीको राजीनामा मागेको हो ।

प्रदेशसभा सचिवालयले सांसद वली र शाहीलाई कारबाही गर्न नमिल्ने बताएपछि एमालेले आपत्ति समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?