कैलालीमा १७ वर्षीया किशोरी बलात्कृत

लोकपथ
168
Shares

कैलाली । कैलालीमा एक १७ वर्षीया किशोरी बलात्कृत भएकी छन् ।

बलात्कारको आरोपमा कैलारी गाउँपालिका–७ रामपुर बस्ने २३ वर्षीय अरुण चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो।

चौधरीले ती किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ सीमा प्रहरी चौकी रामपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?