काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ९२० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको हो।
त्यस्तै गत २४ घण्टामा २ हजार २४८ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया