लुम्बिनीका दुई सांसदलाई कारबाही नगर्ने प्रदेश सभाको निर्णयप्रति एमालेको आपत्ति

लोकपथ
273
Shares

काठमाडौं । नेकपा एमाले संसदीय दल लुम्बिनी प्रदेशले प्रदेश सभा सचिवालयको निर्णयप्रति असन्तुष्टि जनाएको छ ।

एमालेले प्रदेश सभा सदस्यहरु विमला कुमारी खत्री वली र अजय शाहीमाथि कारबाही गरेकोमा सचिवालयले कारबाही गर्न नमिल्ने पत्र पठाएसँगै एमालेले आपत्ति जनाएको हो ।

दुवै सांसदहरुले पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले कारबाहीको लागि प्रदेश सभा सचिवालयलाई कारबाहीको लागि सिफारिस गरेको थियो । तर सभामुख पूर्ण बहादुर घर्तीले आफ्नो पदको दुरुपयोग गरेको भन्दै एमालेले ध्यानाकर्षण समेत गराएको छ ।

‘लुम्बिनी प्रदेश सभाका माननीय सभामुख श्री पूर्णबहादुर घर्तीले सभामुख जस्तो गरिमामय पदमा आसिन रहेको अवस्थमामा पटक पटक पद अनुकुलको आचरण नगरी प्रदेश सभाको गरिमामा आँच आउने काम गर्नु भएकोले नेपालको संविधानको धारा १८२ उपधारा (६) को देहायको खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० को बमोजिम निज पदको अनुकुल आचरण नगरेको व्यहोरा यस प्रेस विज्ञप्ति मार्फत जानकारी गराउछौँ ।’जारी विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?