प्रदेश २ को संसद बैठक आज बस्दै

जनकपुर, २५ चैत । २ नं. प्रदेशको प्रदेशसभा बैठक आज बस्दै छ । बैठकको कार्यसूची भने तय भइसकेको छैन ।प्रदेशसभा बैठक आइतबार दिउँसो १ बजेका लागि तय भएको प्रदेश २ संसद सचिवालयले जनाएको छ ।त्यस्तै आज बस्ने प्रदेशसभा बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने भएको छ । कार्यसूची टुंगो लगाउन परामर्श समितिको बैठक बस्ने लागेको प्रदेश संसद सचिववालयले जनाएको छ ।यसअघि पनि पटक–पटक बिजनेश नभएको भन्दै प्रदेश संसद बैठक स्थगित भएको थियो । गत आइतबार पनि बिजनेश नभएको भन्दै सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?