कांग्रेस १४ औँ महाधिवेशन : क्रियाशील सदस्यता विवाद समाधान अन्तिम चरणमा

लोकपथ
49
Shares

काठमाडौं । नेपाली कांग्रेसको आगामी १४ औँ महाधिवेशन नजिकिएको छ । पटक पटक मिति सार्दै आगामी भदौ १८ गतेबाट महाधिवेशन सुरु हुँदैछ ।

आगामी महाधिवेशनका लागि विवादमा रहेका क्रियाशील सदस्यताको काम अन्तिम चरणमा पुगेको स्रोतले जनाएको छ ।
भदौ १४ को वडा अधिवेशनलाई मध्यनजर गर्दै कांग्रेसले क्रियाशील सदस्यताको प्राविधिक कामहरु अन्तिम चरणमा पुर्याउन नेताहरु छलफलमा जुटेका छन् ।

महाधिवेशन सर्नुलाई मुख्य समस्यामा हेरिएको क्रियाशील विवादलाई टुंग्याउने कसरतमा नेताहरु लागेका हुन् ।

बारा लगायतका जिल्लाबाट पार्टी कार्यालय सानेपामा नेता कार्यकर्ताहरुको धर्नाले साउन १२ गतेबाट विधिवत् रुपमा सुरु गर्न लागे पनि स्थगित भएको थियो ।

कांग्रेसले भदौ १८ गतेबाट सुरु हुने वडा अधिवेशन सुरु गर्नेछ । भने वडा, गाउँ नगर क्षेत्र जिल्ला हुँदै केन्द्रीय महाधिवेशन भने आगामी मंसिर ९ देखि १२ गतेसम्म काठमाडौंमा तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?