एमालेलाई लुम्बिनी प्रदेशसभाको जवाफ : सांसद शाही र वलीलाई पदमुक्त गर्न मिल्दैन(पत्रसहित)

लोकपथ
98
Shares

रुपन्देही । लुम्बिनी प्रदेशका दुई सांसदमाथि नेकपा एमालेले गरेको कारबाही सदर गर्न नमिल्ने प्रदेशसभा सचिवालयले जनाएको छ । एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने सचिवालयले बताएको हो ।

ह्वीप उल्लंघन गरेको भन्दै एमालेले सांसद शाही र वलीलाई दलबाट निष्कासनको कारबाही गरी पदमुक्त गर्न सभामुखसमक्ष पत्र दिएको थियो । तर ती सांसदलाई पदमुक्त गर्न मिल्ने आधार नदेखिएकाले पदमुक्त नगरेको बेहोराको पत्र एमालेलाई पठाएको सचिवालयले जनाएको छ ।

एमालेले प्रदेश सभा नियमावली २०७४ को नियम १८८ अनुसार दलगत विवरण बुझाउँदा उनीहरुको नाम समावेश गरेपनि व्यक्तिगत विवरणमा एमालेको नाम उल्लेख नभएकाले पदमुक्त गर्न नमिलेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?