भक्तपुरको एक गेष्टहाउसमा बम फेला

लोकपथ
70
Shares
file photo

काठमाडौं । भक्तपुरको एक गेष्ट हाउसमा होक्स बम फेला परेको छ ।

घटनामा संग्लन एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मा शिवशरण भुजुले संचालन गरेको दिब्येश्वरी गेष्ट हाउसको पहिलो तलाको एउटा कोठामा पुरानो कुकरमा नाङ्गो तार जडान गरी तौलियाले ढाकेको अवस्थामा शंकास्पद् वस्तु फेला परेको थियो ।

गेष्ट हाउसको ११० नं. को कोठामा बुद्ध चित्रको माला बेच्न बसेको जिल्ला काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका वडा नं. २ डाडाँगाउ स्थायी घर भएका वर्ष ३२ का नबिन तामाङ पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?