काठमाडौं । अञ्जु पन्त र बिन्ती गुरुङको स्वरमा ‘चोखो माया’ बोलको गीत सार्वजनिक भएकाे छ। गायक बिन्तीकुमार गुरुङको जन्मदिनको अवसर पारेर उक्त गीत सार्वजिनक गरिएको हो ।
रोमान्टिक शैलीको चोखो माया गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमल सिंहको अभिनय तथा भरपुर रोमान्स देख्न सकिन्छ ।
स्वयम् गायक गुरुङकै शब्द, संगीतमा तयार पारिएको गीतमा लाहान सुब्बाको संगीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ गरेका हुन् ।
ज्यास्मिन क्रियसनकाे प्रस्तुति रहेको भिडियोमा बुद्ध थापाको छायांकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ, पोष्टर डिजाइनिङ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया