काठमाडौं । प्रभावित क्षेत्र र लमजुङबासीका लागि सेयर निष्काशन गरेको न्यादी जलविद्युत् आयोजनाको सेयरमा चार दिनमै आठ लाख भन्दाबढी कित्ताको लागि आवेदन परेको छ ।
प्रभावित क्षेत्र र जिल्लाबासीका लागि कुल १५ लाख कित्ता सेयर निष्काशन गरेकोमा शुक्रबारसम्म आठ लाख ५८ हजार ८० कित्ताका लागि आवेदन परेको छ ।
आयोजनाका अनुसार पाँच लाख कित्ता छुट्याइएको प्रभावित क्षेत्रबाट मात्रै दुई लाख ३७ हजार आठ सय ६० कित्ताको लागि अवेदन परेको छ । सोबाहेक १० लाख कित्ता छुट्याइएको जिल्लाबासीका तर्फबाट ६ लाख दुई हजार दुई सय २० कित्ताका लागि आवेदन परेको छ ।
भदौ १ देखि बिक्री खुल्ला भएको सेयरका लागि पहिलो दिन मात्रै प्रभावित क्षेत्रबाट एक हजार एकसय ८० कित्ताका लागि आवेदन दर्ता भएको थियो । प्रभावित क्षेत्रबाट दोश्रो दिन ३८ हजार एक सय ८० कित्ताको लागि आवेदन परेको थियो भने तेश्रो दिन ८१ हजार चार सय ४० कित्ता र चौथो दिन ११ हजार सात सय ६० कित्ताको लागि आवेदन परेको आयोजनाले जनाएको छ ।
त्यसैगरी जिल्लाबासीका तर्फबाट सेयर निष्काशन भएको पहिलो दिन १८ हजार दुई सय ८० कित्ताका लागि आवेदन परेको छ । दोश्रो दिन ९१ हजार तीन सय ९० कित्ताको लागि आवेदन परेको छ भने तेश्रो दिन दुई लाख ८२ हजार ८० कित्ता र चौथो दिन तीन लाख दुई हजार दुई सय ७० कित्ताको लागि आवेदन परेको आयोजनाले जनाएको छ ।
भदौ १ गतेदेखि निष्काशन भएको उक्त आईपीओमा भदौ १५ गतेसम्मका लागि समयसीमा निर्धारण भएको छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भदौ ३० गतेसम्म अवेदन खुल्ला गर्ने सूचनामा उल्लेख छ । यद्यपी निर्धारित समयमै अपेक्षित सेयरका लागि आवेदन आइसक्ने सम्भावना रहेकोले १५ गते नै बन्द हुने सम्भावना बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया