वामदेव गौतम नेकपा एकीकृत समाजवादीमा कि एमालेमै ? सचिवालयको स्पष्टोक्ति

लोकपथ
988
Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा नेकपा एमालेका उपाध्यक्ष वामदेव गौमको तस्बिर राखेपछि सचिवालयले आपत्ति जनाएको छ ।

नेता गौतम अहिले पनि एमालेमा नै रहेको बताउँदै उनको सचिवालयले सञ्चार माध्यममा आएका समाचारप्रति आपत्ति जनाएको हो ।

गौतमका स्वकीय सचिव दिपक टमटाले आइतरबार(आज) एक विज्ञप्ति जारी गर्दै फोटोसहित गौतमको चर्चा गर्नु चरित्र हत्या गर्नुबाहेक केही नभएको बताएका छन् ।

उनले भने–‘आजकल केही दिन देखि विभिन्न पत्र पत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ र नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन ।’

नेता गौतम अहिलेसम्म एमालेमा नै रहेको र गौतमले नेतृत्वको कार्यशैलीप्रति मतभेद राख्दै आएको समेत सचिवालयले प्रस्ट पारेको छ ।

‘क. वामदेव गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले) को नेतृत्वको कार्याशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वभाविक हो । तसर्थ अन्य खाले प्रचारप्रसार मा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु ।’–टमटाले भनेका छन् ।

सरकारले राजनीतिक दलसम्बन्धी ल्याएसँगै नेता नेपालले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी विभाजनपछि एकता अभियान चलाइरहेका नेता गौतम नेपाल नेतृत्वको नयाँ पार्टीमा आबद्ध भएको भन्ने चर्चा चलिरहेको चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?