बहुविवाह आरोपमा युवक पक्राउ

लोकपथ
7
Shares

धनुषा । धनुषामा बहुविवाह गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

वीरगञ्ज महानगरपालिका–११ घर भएका विकासकुमार शाहलाई प्रहरीले जनकपुरबाट पक्राउ गरेको हो ।

२६ वर्षीय विकास र उनकी कान्छी पत्नी मनिलाकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुर उप–महानगरपालिका–४ स्थित मुरली चोकबाट पक्राउ परेका शाह दम्पतीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?