माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी, के छ एजेण्डा ?

लोकपथ
156
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ११ बजेबाट जारी बैठकले नेताहरुको कार्य विभाजन टुंगो लगाउने बताइएको छ ।

बैठकले नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने नेता देव गुरुङले जानकारी दिए ।

‘नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीलगायतका विषयमा छलफल गरेर टुंगोमा पुगिन्छ’, गुरुङको भनाइ छ ।

यसअघि सो पार्टीको संगठनका केही विषयहरुको निर्णय गर्न केन्द्रीय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । माओवादीमा केन्द्रीय समितिको रिक्त पदपूर्ति, प्रदेश तथा जिल्लामा रिक्त पदाधिकारीहरुको पूर्ति हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?