काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी नेपाल आउने भएका छन् ।
आगामी असोज ९ गते काठमकडौंमा आयोजना हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा सहभागीताको लागि उनी काठमाडौं आउन लागेका हुन् । ४६ वर्षीय अलराउण्डर अफ्रिदीले ईपीएलमा काठमाडौं किंग्स–११ बाट खेल्ने तय भएको किंग्स–११ ले जानकारी दिएको छ ।
काठमाडौ किंग्स–११ ले आज कार्यक्रमको आयोजना गरी पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान अफ्रिदीलाई आफ्नो टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।
उनले पाकिस्तानका लागि २७ टेष्ट प्रतियोगिता, ३९८ एकदिवसीय तथा ९९ टी–२० क्रिकेट प्रतियोगिता खेलेका थिए । सो क्रममा उनले टेष्टमा एक हजार ७१६, एकदिवसीयमा आठ हजार ६४ तथा टी–२० मा एक हजार ४१६ रन बनाएका छन् ।
अफ्रिदीले पाकिस्तानका लागि सन् १९९६ देखि सन् २०१८ सम्म खेलेका थिए । उनले विश्वका अधिकांश फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा हुने तय भएको चौंथो संस्करणको इपीएलमा ६ टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया