पाँच वर्षीया मेरिनाको ‘स्याटरडे’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
91
Shares

काठमाडौं । पाँच वर्षीया गायिका मेरिना जिम्बाले गाएकी ‘स्याटरडे’ बोलको गीत बजारमा आएको छ । उक्त गीत सेवा फिल्मसबाट बजारमा ल्याएको हो ।

कर्साङ लामाले संगीत संयोजन गरेको उक्त गीतलाई बाबु जिम्बाले शब्द र संगीत गरेका हुन् भने भिडियोलाई निर्देशन समेत गरेका छन् ।

मेरिना बाबु जिम्बाकी छोरी हुन् । लकडाउन र कोरोना महामारीमा बालबालिकालाई मनोरञ्जन दिलाउने हेतुले गीत बजारमा ल्याएको बाबु जिम्बाले बताए ।

उक्त गीतको भिडियोमा रिहाना वाइबा र मेरिना जिम्बालाई प्रमुख भूमिकामा देख्न सकिन्छ । रिहाना ८ वर्षीया बालिका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?