राष्ट्रिय टोलीको अन्तिम टोली घोषणा, गुलशन झा पहिलो पटक समावेश

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले आगामी आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत ओमान र अमेरिकाविरुद्धको त्रिकोणात्मक सिरिजको लागि अन्तिम टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिवार बन्द प्रशिक्षण बाट १७ खेलाडीको अन्तिम टोली घोषणा गरेको छ। १९ खेलाडी सम्मिलित बन्द प्रशिक्षणबाट कमल सिंह ऐरी र शाहब आलम भने टोलीमा पर्न असफल भएका छन्।

उता कप्तान ज्ञानेन्द्र मल्लको नेतृत्वमा ओमान प्रस्थान गर्ने टोलीमा गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन्। नेपालले आगामी सेप्टेम्बर ५ र ८ (भदौ २० र २३) मा पीएनजीसँग दुई मैत्रीपूर्ण एकदिवसीय खेलको सिरिज खेल्ने छ।

आगामी सेप्टेम्बरमा आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले संयुक्त राज्य अमेरिका र ओमानसँग त्रिकोणात्मक एकदिवसीय श्रृंखला खेल्दैछ। सोही शृंखलाको लागि अभ्यास स्वरूप नेपाल र पीएनजीबीच मैत्रीपूर्ण खेल हुन लागेको हो।

Nepal vs Oman – WicketNepal

आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपाल, संयुक्त राज्य अमेरिका र ओमानबीचको अन्तराष्ट्रिय एकदिवसीय त्रिकोणात्मक सिरिज आगामी भदौ २८ गतेदेखि असोज ४ गतेसम्म आयोजना हुने पक्का भएको छ। नेपाल अगस्टको अन्तिम साता ओमान प्रस्थान गर्ने सम्भावना रहेको छ। नेपालको ओमान भ्रमण सेप्टेम्बर २० मा अन्त्य भए लगत्तै सेप्टेम्बर २५ देखि एभरेस्ट प्रिमियर लिग (ईपीएल) शुरु हुने तालिका रहेको छ।

नेपालले विश्वकप लिग-२ अन्तर्गत गत वर्ष नै ओमान र संयुक्त राज्य अमेरिकासँग ४ एकदिवसीय खेल खेलिसकेको छ। नेपाल ४ खेलमा २ जित र २ हारसंगै अंक तालिकाको छैठौं स्थानमा रहेको छ। त्यस्तै ओमान अंक तालिकाको शीर्ष स्थानमा रहेको छ भने अमेरिका दोस्रो स्थानमा रहेको छ।

नेपालसहित ओमान, अमेरिका, पपुवा न्युगिनी, स्कटल्यान्ड, नामिबिया र युएई गरी विश्वकप लिग-२ मा ७ टोली सहभागी रहेका छन्। सन् २०२३ सम्म होम र अवेको आधारमा आयोजना हुने यस प्रतियोगिताको शीर्ष तीन टोलीले सन् २०२३ मा भारतमा हुने एकदिवसीय विश्वकप क्रिकेटमा स्थान प्राप्त गर्नेछन्।

ओमान प्रस्थान गर्ने टोली

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, गुलशन झा, कुशल मल्ल, विनोद भण्डारी, करण केसी, सन्दीप लामिछाने, सोमपाल कामी, अविनाश बोहरा, सुशन भारी, शरद भेषवाकर, विक्रम सोब, पवन सर्राफ र रोहितकुमार पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?