बार्सिलोना बिलबाओसँग बराबरीमा रोकियो

काठमाडौं। स्पेनिश ला-लिगाको सन् २०२१/२२ सिजनअन्तर्गत बार्सिलोनाले एथ्लेटिको बिलबाओसँग १-१ गोलको बराबरी खेल खेलेको छ।

बिलबाओको घरेलु मैदानमा करिब १० हजार दर्शकबीच खेलिएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा अन्त्य भएको थियो। तर दोस्रो हाफको सुरुवाती पाँच मिनेटमै घरेलु टोलीले अग्रता लिन सफल भयो।

Memphis Depay on target as Barcelona snatch draw at Athletic

खेलको ५०औं मिनेटमा बिलबाओका कप्तान इकर मुनियाइनको पासमा रक्षक इनिगो मार्टिनेजले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ७५औं मिनेटमा बार्साले बराबरी गोल गर्न सफल भयो।

सर्जी रोबर्टोको पासमा बार्साका नयाँ खेलाडी मेम्फिस डिपाएले क्लबको लागि आफ्नो पहिलो औपचारिक गोल गर्दा बार्सा हारबाट जोगिएको हो। त्यसपछि खेलमा दुवै टोलीले निर्णायक गोल गर्न नसक्दा खेल बराबरीमा अन्त्य भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?