लुकाकु र मार्टिनेज बिना पनि च्याम्पियन इन्टरको शानदार सुरुवात

काठमाडौं। इटालियन सिरी-एको नयाँ सिजन अन्तर्गत गए राति खेलिएको पहिलो खेलमा साविक विजेता इन्टर मिलानले जेनावालाई ४-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

इन्टरको घरेलु मैदान सान सीरोमा खेलिएको खेलमा घरेलु टोलीले खेलको ६औं मिनेटमा नै अग्रता लिएको थियो। शहरी प्रतिद्वन्दी एसी मिलानबाट यसै सरुवा बजारमा इन्टर भित्रिएका हाकान चालानोलुको पासमा रक्षक मिलान स्क्रिनियरले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए।

MARCA English - Latest Sports News Today & Live Sports

त्यसपछि खेलको १४औं मिनेटमा चालानोलु आँफैले गोल गरे। उनले शानदार लङ रेन्ज गोल गरेका थिए।

पहिलो हाफमा दुई गोलको अग्रता लिएको इन्टरले दोस्रो हाफमा अरु दुई गोल थप्यो। खेलको ७४औं मिनेटमा मिडफिल्डर आर्तुरो भिडालले गोल गरेका थिए भने खेलको ८७औं मिनेटमा इन्टरका नयाँ स्ट्राइकर एडिन जेकोले क्लबको लागि आफ्नो पहिलो गोल गर्न सफल भए।

Inter 4-0 Genoa: No Lukaku, no problem as Serie A champs begin title  defence with rout | Daily Mail Online

यसै सरुवा बजारमा आफ्नो स्टार स्ट्राइकर रोमेलु लुकाकुलाई चेल्सी बेचेको इन्टरले अर्का स्टार खेलाडी लाउटारो मार्टिनेजलाई रातो कार्डको कारण पहिलो खेलमा गुमाएको थियो। यद्यपि इन्टरले शानदार प्रदर्शन देखाउँदै सिजनमा विजयी सुरुवात गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?