च्याम्पियन सिटीको शानदार प्रदर्शन, नर्वीच पराजित

काठमाडौं। इंग्लिश प्रिमियर लिगको सन् २०२१/२२ सिजनअन्तर्गत च्याम्पियन म्यानचेस्टर सिटीले नर्वीच सिटीलाई ५-० गोलको फराकिलो अन्तरले पराजित गरेको छ।

म्यान्चेस्टर सिटीको घरेलु मैदान एतिहाद स्टेडियममा शनिवार खेलिएको खेलमा घरेलु टोलीले शानदार प्रदर्शन गरेको थियो। पहिलो हाफको ७औं मिनेटमा सिटीले खेलमा अग्रता लिन सफल भयो।

Man City 5-0 Norwich: Jack Grealish scores first City goal as champions  demolish Canaries | Football News | Sky Sports

नर्वीचका गोलरक्षक टिम क्रुलको आत्मघाती गोलमा अग्रता लिएको सिटीले खेलको २२औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो। स्ट्राइकर जिससको पासमा सिटीका नयाँ खेलाडी ज्याक ग्रिलिसले क्लबको लागि आफ्नो पहिलो गोल गर्न सफल भएका थिए।

पहिलो हाफमा २-० गोलको अग्रता लिएको सिटीले दोस्रो हाफमा अर्को तीन गोल थपेको थियो। खेलको ६४औं मिनेटमा सिटीका रक्षक आइमेरीक लापोर्टले गोल गर्दै घरेलु टोलीको अग्रता तेब्बर बनाएका थिए ।

Manchester City 5:0 Norwich | England Premier League | All goals and  highlights | 21.08.2021 - YouTube

खेलमा अधिकांश समय बल पोसेसनमा हैकम जमाएको सिटीले ७१औं मिनेटमा चौथो गोल गर्न सफल भयो। प्रतिस्थापन भएर मैदान प्रवेश गरेका रहिम स्टर्लिङले सिटीको लागि चौथो गोल गरेका थिए।

सिटीले खेलको ८४औं मिनेटमा अर्को गोल पनि थप्यो। यस पटक भने प्रतिस्थापन भएर मैदान छिरेका अर्का खेलाडी रियाद माहरेजले गोल गर्दै सिटीलाई शानदार जित दिलाएका थिए। पहिलो खेलमा टोटनह्यामसँग पराजय भोगेको साविक विजेता म्यानचेस्टर सिटीले नयाँ सिजनमा पहिलो जित दर्ता गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?