सभापतिको उम्मेदवारबाट पछि हट्दिन : प्रकाशमान सिंह

लोकपथ
105
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफु सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताएका छन् ।

शनिवार काठमाडौंको चन्द्रागिरी नगरसमितीले आयोजना गरेको एक दिने विचार गोष्ठी कार्यक्रममा बोल्दै नेता सिंहले आफु सम्पूर्णरुपले पार्टीको सभापति बन्न सक्षम रहेकाले सभापतिको उम्मेदवारबाट पछि नहट्ने बताए । आमजनताको दुखमा मलमपट्टी लगाउनको लागी भएपनि आफु कांग्रेस सभापति बन्नुपर्ने उनको भनाई छ । ‘आम जनताको दुखमा मलमपट्टी लगाउनको लागी भए पनि आफु काँग्रेसको सभापति बन्नु पर्छ ।’ नेता सिंहले भने, ‘सबैलाई मिलाउन सक्ने क्षमता छ । पार्टी सञ्चालन गर्न सक्ने क्षमता छ । म किन पार्टी सभापति नबन्ने ? त्यसैले सभापतिको उम्मेदवारीबाट पछि हट्दैन । ’

नेता सिंहले १३ औं महाधिवेशन पछि अहिले नेपाली कांग्रेस ईतिहासकै कमजोर अवस्थामा पुगेको बताए । नेतृत्व गलत भएपछि ईतिहास बोकेको पार्टी पनि कम्जोर हुने भन्दै उनले क्षमता नभएका र काम गर्न नसक्नेलाई फेरि पनि मौका दिए आफ्नो खुट्टामा आफै बञ्चरो प्रहार गरे सरह हुने टिप्पणी गरे ।

त्यस्तै उनले कम्युनिष्टहरुले कांग्रेसलाई सहयोगी पार्टीको रुपमा प्रयोग गर्न खोजेको बताए । जनता र देशलाई संकट पर्दा कांग्रेसले नै साथ दिने भन्दै उनले कांग्रेस जनताको पार्टी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?