भैरहवा । भैरहवामा लाखौं नक्कली स्टिकरसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–३ दरखसवा बस्ने २३ वर्षीय सहिद अन्सारी र सोही ठाउँ बस्ने २४ वर्षीय अमानत अलीलाई रहेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल बर्डर आउट पोष्ट डन्डाद्वारा खटिएको प्रहरी टोलीले आन्तरिक राजश्व विभागको २ लाख ४० हजारवटा नक्कली स्टिकरसहित उनीहरुलाई पक्राउ गरेको हो ।
अलीको घरमा भाडा बस्दै आएका अन्सारीको कोठाबाट सशस्त्र प्रहरीले उक्त परिमाणको स्टिकरण बरामद गरेको हो ।
बरामद उक्त स्टिकरसहित उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि बुटवलस्थित राजश्व अनुसन्धान कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीका एसपी राजेश उप्रेतीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया