अनुमतिबिनै १४ मेडिकल कलेज सञ्चालनमा

लोकपथ
70
Shares

काठमाडौं । सरकारले निर्णय गर्न नसक्दा १४ वटा मेडिकल कलेज वर्षौदेखि अनुमतिबिनै सञ्चालनमा रहेका छन् ।

किष्ट मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, नेशनल मेडिकल कलेज लगायतका मेडिकल कलेज अनुमति बिनै ​ सञ्चालनमा रहेका हुन् ।

महालेखा परीक्षकको कार्यालयले सरकारले निर्णय गर्न नसक्दा ती मेडिकल कलेजहरु वर्षौदेखि अनुमतिबिनै सञ्चालनमा रहेको पुष्टि गरेको छ ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदन अनुसार सरकारले ११ वर्षदेखि निर्णय गर्न नसक्दा ती मेडिकल कलेजहरु वर्षौदेखि अनुमतिबिनै सञ्चालनमा  रहेका छन् ।

ती मेडिकल कलेजहरूले सरकार समक्ष सञ्चालनको अनुमति माग गर्दै निवेदन पेस गरिसकेका छन् । तर, राष्ट्रिय भवन संहिता, २०६० बमोजिम भवन निर्माण भएको कागजात पेस नभएकाले अनुमति दिने विषयमा निर्णय भइसकेको छैन । यस सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक निर्णय लिनुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?