नेपालमा कोरोना : थप २ हजार ७५ जनामा संक्रमण, कति निको भए ?

लोकपथ
494
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ७ हजार ७०३ पीसीआर र ५ हजार ३७२ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको छ।

यो सँगै कुल संक्रमितको संख्या ७ लाख ४५ हजार ७३१ पुगेको छ। कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन्।

त्यस्तै गत २४ घण्टामा २ हजार ३८२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको छ।

त्यसैगरी उक्त अवधिमा ३० जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?