सुर्खेतमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

लोकपथ
455
Shares

सुर्खेत । सुर्खेतमा एक १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । ती बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ समेत गरेको छ

पक्राउ पर्नेमा हुम्ला सर्केघाट गाउँपालिका-७ बस्ने १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँ बस्ने २० वर्षीय रामकृष्ण जैशी रहेका छन् ।

ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेस्थित खुल्ला चौरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट सहकारीचोकबाट र नगर प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?