काठमाडौं । बलात्कार अभियोगमा पक्राउ परेका निर्मल परियार फरार भएपछि प्रहरी नायब निरीक्षक (सई) सहित चार प्रहरी निलम्बित भएका छन् ।
निलम्बित हुनेमा प्रहरी वृत्त जनसेवाका सई बुद्धिराम बोहरा, हवल्दार चित्र डाँगी, प्रहरी जवान द्वय सुदेश दास र पूजा चौधरी छन् ।
२९ साउन साँझ जनसेवा प्रहरीले पक्राउ गरेको परियारलाई मेडिकल परीक्षणका लागि वीर अस्पताल ल्याउने क्रममा न्युरोड गेटबाट प्रहरीको भ्यानबाट हत्तकडी फुकालेर भागेका थिए । त्यसपछि महानगरीय प्रहरी परिसर काठमाडौंले एसपी रमेश बस्नेतको संयोजकत्वमा छानविन समिति बनाएको थियो । सोही समितिले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया