गत पाँच सातामा ४८ लाखले लगाए कोरोनाको खोप

लोकपथ
182
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएयताको पाँच हप्तामा ४८ लाखभन्दा बढिले कोरोनो विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोराना विरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको मन्त्रालयको भनाइ छ । दैनिक १ लाख ५० हजारको हाराहारीमा खोप लगाउने काम भइरहेको छ ।

त्यसमध्ये ४९ लाख ७ हजार ५ सय २३ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् ।

देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको मन्त्रालयको भनाइ छ ।

सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निःशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी रहेको मन्त्रालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?