इच्छा लागेको काम गरिहाल्नु पर्छ

दन्त चिकित्सक सन्ध्या गौतम फरासिली स्वभावकी छन् । उनले जीवनमा सिकेको कुरा भनेकै मनले केही कुरा गर्न मन लाग्यो भने त्यो गरिहाल्नुस् भन्ने नै छ । पछि उमेर, समय र अन्य कारणले ती काम गर्न दिँदैन र मिल्दैन । त्यही खेर पछुताउनु भन्दा चाहेको बेलामै गर्दा पछि सम्म पनि आनन्द आइरहन्छ ।

माइलस्टोन इन्टरनेशनल कलेजबाट प्लस टु सकेर समाज डेन्टल हस्पिटलबाट बिडिएस गरेकी सन्ध्या अहिले सोही हस्पिटलमा कार्यरत छिन् ।

उनलाई फोटोसुट गर्ने धेरै अघि देखिको धोको नै थियो । त्यसैले उनको यो रहरलाई फोटो पत्रकार महेश प्रधानले फोटोसुट गरेर पुरा गरिदिएको उनी बताउँछिन् ।

मुख्य पेसा चिकित्सा नै भएको कारण उनलाई मोडलिङ र ग्ल्यामर क्षेत्रमा जाने भन्ने कुनै किसिमको सोच नै छैन । तर अनायासै यस्ता कामहरू कहिले काहीँ आइदिन्छ जसलाई निभाउनै पर्छ सन्ध्या भन्छिन् ।

फोटोसुटको रहर हालै पुरा गरेकी सन्ध्यालाई एक चिनजानका निर्देशकले वेब सिरिजमा खेल्नका लागि अनुबन्ध गरिसकेका छन् । सन्ध्या भन्छिन्– अहिले स्क्रिप्ट लेखनको काम भइरहेको छ र उहाँहरूले अभिनय पनि सिक्दै गर्नु पर्छ भन्नु भएको कारणले पनि आफ्नो एक्सप्रेसन कस्तो देखिन्छ र देखाउन सकिन्छ भनेर यो फोटोसुट गरेको हुँ सन्ध्या बताउँछिन् ।

सन्ध्यालाई प्रियङ्का कार्की औधी मन पर्छ । मलाई उनको पर्सनालिटी औधी मन पर्छ । उनको त म डाई हर्ट फ्यान नै हो । यस्तै गरेर शृङ्खला खतिवडा जो मिस नेपाल भइन् अहिले धेरै पढ्न हार्वर्ड गइन् । उनको समाज सेवा र बोलीचालीले पनि मलाई धेरै प्रभावित पार्ने गर्छ ।

साथी भाइहरूसँग नयाँ ठाउँ घुम्न रुचाउने सन्ध्या कुनै पनि नयाँ ठाउँमा गइन् भने त्यहाँको स्थानीय खाना खान कहिल्यै पछि पर्दिनन् । उनी आफूलाई फुडी नै भन्न समेत रुचाउँछिन् ।

लभ सङ र सेन्टिमेन्टल म्युजिक मन पराउने सन्ध्या अहिलेसम्म सिंगल नै छिन् । जीवनमा प्रेम कोसँग हुन्छ यसलाई कसरी व्यक्त गरिन्छ त्यो थाहा छैन । प्रेम भन्ने कुरा यसरी नै गर्नुपर्छ भन्ने कुनै मान्यता छैन र यसलाई व्यक्त गर्ने आधार पनि आफूसँग नरहेको सन्ध्या बताउँछिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?