काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकबाट अलग हुने निर्णय लिएको बताएका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत उनले संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका हुन् ।
उनले भनेका छन्, ‘राप्रपाको स्थानीय तह निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु । अध्यक्षद्वय पशुपति शमसेर राणा र डा। प्रकाशचन्द्र लोहनीमध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै वरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु ।’
राप्रपाको ‘स्थानीय तह निर्वाचन परिचालन समिति’को संयोजकको जिम्मेवारीबाट अलग हुने निर्णय गरेको छु।
अध्यक्षद्वय पशुपति शमसेर राणा र डा.प्रकाशचन्द्र लोहनी मध्य एकले सो जिम्मेवारी लिन वा पार्टीका अन्य कुनै बरिष्ठ नेतालाई संयोजक बनाउन आग्रह गरेको छु pic.twitter.com/qegkbz6tzA— Kamal Thapa (@KTnepal) August 21, 2021
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया