इटालियन सिरी-ए आजबाट सुरु, च्याम्पियन इन्टर जेनोवासँग भिड्दै

लोकपथ संवाददाता
65
Shares
Italy: SS Lazio vs CFC Genoa – Serie A, Official Logo Serie A before the Italian Serie A football match between SS Lazio and Genoa CFC at the Olympic Stadium in Rome, on september 29, 2019. Photo by Silvia Lor/Sipa USA ACHTUNG: NUR REDAKTIONELLE NUTZUNG, KEINE ARCHIVIERUNG UND KEINE BUCHNUTZUNG Rome Italy PUBLICATIONxINxGERxSUIxAUTxONLY Copyright: xSilviaxLorx 20190930001423132008

काठमाडौं। इटालियन फुटबलको शीर्ष श्रेणीको लिग, सिरी-एको सन् २०२१/२२ सिजन आज (शनिवार)बाट सुरु हुँदैछ।

युरोपेली क्लब फुटबलका अन्य शीर्ष लिग सुरु भइसकेको अवस्थामा सिरी-ए आजबाट सुरु हुँदैछ। पहिलो खेलमा गत सिजन एक दशक पछि लिग उपाधि उचालेको इन्टर मिलानले घरेलु मैदानमा जेनोवासँग प्रतिस्पर्धा गर्दैछ।

Inter Milan vs. Genoa: Serie A live stream, TV channel, how to watch  online, news, odds, start time - CBSSports.com

सोही समयमा हालास भेरोना र सासुओलो पनि प्रतिस्पर्धा गर्दैछन्। आज राति नै खेलिने अन्य दुई खेलमा भने एमपोली र लाजियो तथा टोरिनो र एटलान्टा प्रतिस्पर्धा गर्दै छन्।

क्रिस्टियानो रोनाल्डो सम्मिलित बलियो टोली युभेन्टसले आईतवार उडिनेसेसँग उसैको मैदानमा प्रतिस्पर्धा गर्नेछ भने एसी मिलानको पहिलो खेल सोमबार मध्यरातमा साम्पडोरियासँग रहेको छ। त्यस्तै आइतवार राति नापोलीले भेनेजियको सामना गर्नेछ भने त्यही समयमा रोमा र फियोरेन्टिना भिड्ने छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?