पीएसजीद्वारा ब्रेस्ट पराजित, मेस्सीले अझै गरेनन् डेब्यू

काठमाडौं। फ्रेन्च लिग-१ को सन् २०२१/२२ सिजनअन्तर्गत आफ्नो तेस्रो खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले ब्रेस्ट माथि ४-२ गोल अन्तरको जित दर्ता गरेको छ।

ब्रेस्टको घरेलु मैदानमा खेलिएको खेलमा पीएसजीले पहिलो हाफको २३औं मिनेटमा नै अग्रता लिएको थियो। मिडफिल्डर एन्डर हरेराको गोलले खेलमा १-० गोलको अग्रता लिएको पाहुना टोलीले खेलको ३६औं मिनेटमा आफ्नो अग्रता दोब्बर बनायो।

Noche de golazos de PSG ante Brest: Herrera, Mbappé, Gana y Di María ¡On fire!

यस पटक फ्रेन्च स्टार फरवार्ड कीलियन एमबाप्पेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाएका थिए। तर पहिलो हाफको ४२औं मिनेटमा घरेलु टोली खेलमा फर्कियो। ब्रेस्टका लागि फ्रान्क होनोराटले गोल गरेका थिए।

दोस्रो हाफको ७३औं मिनेटमा पीएसजीले खेलमा तेस्रो गोल गर्न सफल भयो। हरेराको पासमा अर्का मिडफिल्डर गाना गुएले गोल गर्दै पीएसजीको अग्रता पुनः दोब्बर बनाएका थिए। घरेलु टोलीले खेलमा एक पटक फेरी पुनरागमनको संकेत दियो।

Paris St Germain continue winning start with hard-fought win

खेलको ८५औं मिनेटमा ब्रेस्टका स्टिभ मुनीले घरेलु टोलीको दोस्रो गोल गर्न सफल भए। यद्यपि खेलको ९०औं मिनेटमा पीएसजीले चौथो गोल गर्यो। नयाँ खेलाडी असरफ हकीमीको पासमा एन्जल डि मारियाले गोल गर्दै पीएसजीलाई फराकिलो जित दिलाए।

पीएसजीको जितमा लियोनल मेस्सी र नेयमार सहभागी थिएनन्। यद्यपि नयाँ गोलरक्षक डोनारुम्मा बेन्चमा थिए भने नयाँ रक्षक रामोस चोटका कारण अझै टिम बाहिर छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?