नक्कली रुपैयाँसहित दुई भारतीय नागरिक पक्राउ

लोकपथ
84
Shares

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले आज देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाहीबाट नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहार राज्य अररिया रामनगरका ४० वर्षीय नवलकिशोर पाल र ३२ वर्षीय सुमन पाल रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

इलाका प्रहरी कार्यालय देवानगञ्जबाट गोप्य सूचनाका अधारमा खटिएको प्रहरीको टोलीले बी आर ५० एस ८४०६ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरेका दुवै भारतीय नागरिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको साथबाट प्रहरीले १०० रुपैयाँ दरको नेपाली नक्कली नोट १६ थान अर्थात् कूल एक हजार ६०० रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पक्राउ परेका दुवै जनालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २२ मुद्रासम्बन्धी कसुरअन्तर्गत जिल्ला अदालत सुनसरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको सुनसरी प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?