लमजुङमा प्रहरीको गाँजा नष्ट अभियान, सिडिओ नै खटिए

लोकपथ
462
Shares
?????????

लमजुङ । लमजुङमा व्यक्तिले रोपेको गाँजाको बोट नष्ट गर्न सुरक्षा निकायका प्रमुख र जनप्रतिनिधि खटिएका छन् । जनप्रतिनिधि, स्थानीय अगुवालाई साथमा लिएर प्रमुख जिल्ला अधिकारी र डीएसपी गाँजा नष्ट गर्न गाउँगाउँ पुगेका छन् ।

सार्वजनिक स्थल, व्यक्तिगत जग्गा तथा घर छेउछाउमा उम्रिएका गाँजाको बोट काटेर नष्ट गरिएको डीएसपी कृष्णबहादुर कार्कीले बताए । लागूऔषधको सेवन र कारोबार गाँजाबाट सुरु हुने भन्दै यसलाई नष्ट पार्नुपर्ने आवश्यकता देखिएको डीएसपी कार्कीको भनाई छ ।

प्रहरी सहितको टोलीले बेंसीसहर नगरपालिका–१०, बाँझखेत, मध्यनेपाल नगरपालिका–१० को स्वहारा, खत्रीटोल, कार्कीगाउँ, गुरुङगाउँ, लामागाउँ, नेटा, खड्कागाउँ, महतगाउँलगायत गाउँमा एक हप्ता सञ्चालन गरीएको अभियानमा ४७ हजार गाँजाका बोट फडानी गरीएको डिएसपी कार्कीले बताए ।

डीएसपी कार्कीले सबै प्रहरी चौकीलाई गाउँगाउँका गाँजाको बोट खोजीखोजी फाँड्न निर्देशन दिइसकेको बताए । प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले घरआँगन, मकैबारी, खुलाचौर, पाखोमा हुर्किएको र हुर्काइको गाँजा फाँडेर नष्ट गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?