करिम बेन्जेमा सन् २०२३ सम्म रियल मड्रिडमै रहने

काठमाडौं। फ्रान्सका स्टार स्ट्राइकर करिम बेन्जेमाले स्पेनिश क्लब रियल मड्रिडसँग सम्झौता नवीकरण गरेका छन्।

रियल मड्रिड र बेन्जेमाबीच शुक्रवार सन् २०२२/२३ को सिजन अन्त्यसम्मको लागि सम्झौता नवीकरण भएको छ। बेन्जेमाले रियलसँग आफ्नो हालको सम्झौतामा एक वर्षको म्याद थप गरेका हुन्।

पछिल्लो समय ३३ वर्षीय फ्रेन्च स्ट्राइकर बेन्जेमा रियल मड्रिडका स्टार खेलाडी भएका छन्। सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोको बहिर्गमन तथा गत सिजन ग्यारेथ बेलको टोटनह्यामसँगको लोन सम्झौताका कारण पनि बेन्जेमाको रियल बसाई महत्वपूर्ण भएको छ।

गत सिजन रियलका सर्वाधिक गोलकर्ता बेन्जेमा सन् २००९ मा फ्रेन्च क्लब लियोनबाट रियल आएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?