संघीय सरकारविरुद्ध कारण देखाऊ आदेश जारी

लोकपथ
602
Shares

जनकपुरधाम । सर्वोच्च अदालतले संघीय सरकारविरुद्ध कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चले प्रदेश २ सरकारद्वारा संघीय सरकारविरुद्ध दायर गरिएको विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको हो ।

करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरेको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे जानकारी दिएका हुन् ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?