प्रदेश १ सरकारले काठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरी फजुल खर्च गरेको ठहर

लोकपथ
308
Shares

काठमाडौं । प्रदेश १ सरकारले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी फजुल खर्च गरेको ठहर भएको छ । महालेखा परीक्षकको कार्यालयले प्रदेश १ सरकारले सम्पर्क कार्यालय स्थापना गरी फजुल खर्च गरेको ठहर गरेको हो ।

महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदनले पुष्टि गरेको छ । प्रतिवेदनमा प्रदेश सरकारले कानुनी व्यवस्था र नीतिगत निर्णय विपरीत काठमाडौँमा समेत सम्पर्क कार्यालय स्थापना गरी फजुल खर्च बढाएको उल्लेख छ ।

कार्यालयले काठमाडौँमा सम्पर्क कार्यालय स्थापना गरी फर्निचर लगायतका माल सामान खरिदमा १५ लाख ५५ हजार खर्च गरेको उल्लेख गरेको छ । त्यसैगरी महाराजगन्जमा मासिक २ लाख ७५ हजार भुक्तानी गर्ने गरी २०७६ पुस ९ गतेदेखि घर भाडामा लिई १८ लाख ४२ हजारसमेत रु ३३ लाख ९७ हजार खर्च गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले काठमाडौंमा हुँदा मुख्यमन्त्रीको भेटघाट गर्न सम्पर्क कार्यालय प्रयोजनका लागि घर भाडा लिइएको बताए ।

करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?