अनधिकृत रूपमा महिलाको भिडियो खिच्ने चार जना पक्राउ

लोकपथ
126
Shares

झापा । झापामा महिलाको भिडियो खिच्ने २ युट्युबर र २ टिक्टकर गरी चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् ।

बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिचेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
एक पुरुष र २ महिलाले खाजा खाइरहेको बेला भिडियो खिची युट्युब र टिक्टकमा अपलोड गरेर चरित्र हत्या गरेको भन्दै पीडितले उजुरी दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेको बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि पक्राउ गरी थुनामा राखिएको प्रहरीले जनाएको छ । केही युट्युबर भने फरार रहेकोले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?