काठमाडौं । माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको नयाँ दुई दलको सनाखत ९ गते हुने भएको छ ।
शुक्रबार दुवै दलको पार्टीको नाम टुंगिएसँगै निर्वाचन आयोगले आगामी भदौ ९ गते सनाखत गर्ने जानकारी गराएको स्रोतले जनाएको छ ।
आयोगले शुक्रबार आयोगमा नेपाललाई नेकपा एकीकृत समाजवादी पार्टी र ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निवेदन दिएका छन् ।
नेपालले नेतृत्व गर्ने पार्टीको नाम नेकपा एकीकृत समाजवादी र महन्थले नेतृत्व गर्ने दलको नाम लोतान्त्रिक समाजवादी पार्टी रहेको छ ।
निर्वाचन आयोगले पार्टीको नाम टुंगिएसँगै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) को २० प्रतिशत केन्द्रीय सदस्यहरु रहेको नरहेको स्पष्ट पार्नका लागि ९ गतेका लागि बोलाइएको स्रोतले जनाएको छ ।
सरकारले मंगलबार राजनीतिक दलसम्बन्धी अध्यादेश राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त अध्यादेश जारी गरेसँगै नेपाल र महन्थको नेतृत्वको छुट्टाछुट्टै दल दर्ता गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया