सांसद देवकोटा भन्छन्- ‘१४ सांसदलाई कारबाही गर्न मिल्दैन’

लोकपथ
1.9k
Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले एमालेको सिफारिसमा १४ सांसदलाई कारबाही गर्न नमिल्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै सांसद देवकोटाले विभिन्न कारणहरु देखाउँदै १४ सांसदहरु माथि कारबाही गर्न नमिल्ने दाबी गरेको छन् ।

कारबाहीका लागि सिफारिस गरिएका १४ सांसदहरुकै आधारमा प्रतिनिधि सभा पुनर्स्थापना भएको, उनीहरुकै कारण सरकारले विश्वासको मत समेत प्राप्त गरेको अवस्थामा ७६(२) मा फर्किएर कारबाही गर्न नहुने दाबी गरे ।

‘यतिमात्र हैन संसद विघटन गरिएको छ । स्पस्टीकरण सोधिएका साँसदहरुकै हस्ताक्षरका कारण संसद पुर्नस्थापना भएको छ । उहाँहरुकै हस्ताक्षरका कारण सरकारले विश्वाशको मत पाएको छ । यति धेरै घटनाक्रमहरु विकास भईसकेको अवस्थामा अब पछाडि फर्केर धारा ७६ (२) मा सहयोग नगरेका आधारमा कारवाही गर भन्न मिल्छ ?’ उनले भने ।

त्यस्तै एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दल र केन्द्रीय कमिटीमा छलफल नगरि उक्त निर्णय गरेको बताए । सर्वोच्चको फैसला अनुसार दलीय व्यवस्थामा कारबाहीका लागि दल वा पार्टी कमिटीमा छलफल गर्नु पर्नेमा त्यसो हुन नसकेकाले कारबाही गर्न नमिल्ने उनको दाबी रहेको छ । साथै ७६(२) प्रयोजनको लागि सोधिएको स्पष्टीकरणलाई थाती राखेर ७६(३) र ७६(५) लाई क्रियाशील गराइएको उनले बताए ।

उनले भनेका छन्( ‘१४ साँसदलाई कारवाही गर्न मिल्दैन । तत्कालिन प्रधानमंत्री केपी शर्मा ओलीले धारा ७६(२) अनुसार संसदमा विश्वाश लिने प्रयोजनका लागि संसदीय दल र केन्द्रिय कमिटि कुनैमा पनि छलफल र निर्णय भएको छैन । (सभामूखलाई लेखेको चिठी र संलग्न कागजात अनुसार) ।

दलीय व्यवस्थामा हरेक निर्णयहरु दलमारपाटीमा हुनुपर्दछ । (सर्वोच्च अदालतको हालैको फैसला अनुसार) धारा ७६(५) को व्याख्याका सन्र्दभमा अगिल्लो धारा क्रियाशील भएपछि पछिल्लो धारा निष्क्रीय हुने भनेको छ । ७६(२) प्रयोजनका लागि सोधिएको स्पस्टीकरणलाई थाती राखी ७६(३) र ७६(५) लाई क्रियाशील गराईएको छ ।’

सभामुखले संसदको सर्वोच्चता मात्रै नभएर सांसदहरुको अभिभावकत्व गर्ने भएकाले कारबाहीका लागि कुनै दबाब दिन नहुने उनले बताए ।

‘सभामूख संसदको सर्वोच्चता जगेर्नाको पहरेदारमात्र हैन । आफना साँसदहरुको अभिभावक पनि हुन । तथ्य र प्रमाण बिना प्रतिशोध साँध्नका लागि लेखिएको चिठीका आधारमा सभामूखले साँसदहरुलाई कारवाही गर्न मिल्दैन/पाउनुहुन्न ।’ उनले भने ‘कारवाही नै गर्ने हो भने पनि यसको विधी होला । समयसिमा होला ।  चिठी लेख्नेवित्तिकै किन कारवाही गरिनसरसूचना टाँसिनस भनेर सभामूखमाथि हुलहुज्जत गर्न मिल्छ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?