अफगानी नागरिकका लागि फेसबुकले ल्यायो नयाँ सिस्टम

लोकपथ
0
Shares

काठमाडौं । तालिबानीहरुले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा सामाजिक संजाल प्रयागकर्ताहरुलाई फेसबुकले नयाँ सुरक्षा प्रणाली अपनाएको छ । तालिबानीहरूलाई ध्यानमा राख्दै प्रयोगकर्ताको सुरक्षालाई लिएर फेसबुकले यस्तो कदम चालेको हो ।

अफगानिस्तानमा व्यक्तिको प्रोफाइलबाट साथीहरूको सूची हेरी लक्षित गर्न सक्ने भएकाले प्रयोगकर्ताको सुरक्षाका लागि फ्रेन्ड लिस्ट हेर्न नमिल्ने बनाइएको हो । फेसबुकले बिहीबार यसबारेमा जानकारी गराएको हो।

फेसबुकले यसका अतिरिक्त अफगानिस्तानका फेसबुक अकाउन्टहरू लक गर्न वान-क्लिक प्रणाली समेत जारी गर्न लागेको बताएको छ । उनीहरूको प्रोफाइल लक भएपछि फेसबुकमा साथी नहुनेहरूले प्रोफाइल फोटो डाउनलोड गर्न र सेयर गर्न मिल्दैन ।

त्यो हुँदा पनि प्रयोगकर्ता केही हदसम्म सुरक्षित हुने अपेक्षा कम्पनीको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?